जन्म दिनमा वृक्षरोपन र वौद्विक अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

परिवर्तन सन्देश

अखिल (समाजवादी) का रोल्पा जिल्ला सहसचिव तथा परिवर्तन गाउँ पालिका इन्चार्ज तथा विभिन्न सामाजिक संघ संस्थामा कार्यरत परिवर्तन गापा वडा नं २ राङ्सी निवासी किसन किसन चन्दले आफ्नो १८ औँ जन्मदिनको अवसरमा एक कार्यक्रमको आयोजना गरि घोराही १४ बालमन्दिर दाङ मा रहेको बालमन्दिर आधारभूत विद्यालयमा पुगेर त्यहा अध्ययनरत वौद्विक अपांगता भएका २५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण र विद्यालय प्राङ्गनमा आँपको विरुवा रोपेका छन । विद्यालयका प्र अ विष्णु भण्डारीले कार्यक्रमको सहजिकरण गरेका थिए । वौद्विक अपांगता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण पछि चन्दले छोटो मन्तव्य दिदै उनले भने जन्मदिन केवल केक काटेर रमाइलो गर्ने दिन मात्र होइन, समाजप्रति आफ्नो जिम्मेवारी पूरा गर्ने अवसर पनि हो,।आफ्नो जन्मदिनको विशेष अवसरमा विद्यालय र विद्यार्थी  को हित को लागि सानो सहयोग गर्नु पर्छ भन्ने मनसाय ले म यहाँ आएको हु । चन्द ले बिगत को दिनहरु मा पनि आफ्नो जन्मोत्सव मा अरु भन्दा भिन्न तरिकाले समाज लाई सकारात्मक प्रभाव पर्ने कार्य गर्दै जन्म दिन मनाइरहेका छन,। शिक्षा नै उज्यालो भविष्यको आधार हो, त्यसैले विद्यालयको विकासमा गरिएको सानो योगदानले पनि ठूलो अर्थ राख्छ। सबैलाई जन्मदिनलाई सकारात्मक र सामाजिक कार्यसँग जोड्न प्रेरणा मिलोस र अहिले समाज मा तड्किलो, भत्किलो तरिका ले जन्मोत्सव मनाउने प्रबृत्ति लाई बदल्नु  पर्छ भन्ने चन्द को मान्यता छ । विद्यालयमा वौद्विक अपांगता भएका विद्यार्थीहरु आवासिय रुपमा बसेर अध्ययन गरिरहेका छन । शैक्षिक सामग्री वितरण र वृक्षरोपण पछि विद्यालयका प्र अ र शिक्षक हरुले धन्यवाद दिदै, सबैको यस्तै प्रकारको सहयोगले वौद्विक अपांगता भएका विद्यार्थीहरुको शैक्षिक विकासमा तेवा पुग्ने बताएका थिए ।

प्रतिक्रिया